जेठ १९ । नेपालको पूर्वी पहाड ताप्लेजुङ जन्मिएर संसारभर आँखाको चिकित्सकको रुपमा परिचित डा. सन्दुक रुइत यतिखेरअफ्रिकन मुलुकहरु घाना र इथोपियामा आँखा शिविर संचालन गरिरहेका छन् । डा. रुइतको टोलीले त्यहाँका एक हजार दृष्टिविहीनहरुको मोतियाबिन्दुको सफल उपचार गरे पछि उनीहरुले संसार हेर्न पाएका छन् अर्थात आँखाको ज्योति पाउँन सफल भएका छन्। नेपालबाट चिकित्सक आएर उपचार पाउन सफलहुने ति भाग्यमानीहरु मध्ये धेरै जनाको अत्यन्तै नाजुक अवस्था रहेको जनाइएको छ । चरम गरीबी र पहुँच अभावका कारण आँखाको उपचार गर्न नपाएर धेरै दुस्ख पाएका ती नागरीकका अगाडी डा. सन्दुक रुइत र उनको टिम त्यहाँ पुग्दा भगवान आएर आँखाको ज्योति बरदान दिएको जस्तै महसुस गरेको सेवा लिएका एक विरामीले बताए । एक व्यक्तिको आखाँ उपचार गर्न करिव ७ मिनेट मात्रै लागेको थियो ति एक हजार जनाले आँखाको ज्योती पाउँदा त्यहाँ हर्षउल्लास भएको थियो। यो भाव दृश्य देखिरहँदा त्यहाँ उपस्थित डाक्टर रुइत लगायत सबैका आँखा रसाएका थिए। उनिहरुको भाषा नबुझिएता पनि आफ्नै स्थानीय भाषामा डा। सन्दुक रुइत प्रति कृतज्ञता तथा नमन गरिएका थिए। डा। रुइतले त्यहाँ मान्छेको आँखाको उपचार गरे संगै स्थानीय डाक्टरहरुलाई सरल र राम्रोसंग आँखाको शल्याक्रिया गर्ने प्रशिक्षण समेत दिएका थिए। डा। सन्दुक रुइतले त्यहाँका एक हजार जनालाई आँखाको ज्योति दिने कार्य गरे संगै घाना र इथोपियाका जनता र देशले नेपाललाई हेर्ने दृष्टिकोण समेत परिवर्तन हुनेछ । (एजेन्सीबाट)