काठमाडौं, चैत ६: मुटुमा समस्या देखिएपछि पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको अस्पताल भर्ना भएका छन् ।
बुधबार साँझ नियमित जाँचका लागि बासबारीस्थित गंगालाल अस्पतालमा पुगेका भट्टराईको मुटुमा समस्या भेखिएपछि भर्ना गरिएको हो।
उच्च रक्तचापको नियमित औषधी सेवन गर्दै आएका डा भट्टराईलाई मुटुको पनि समस्या हुन सक्ने आशंकामा डाक्टरहरुले अस्पताल भर्ना गरेका हुन्।
डाक्टरले उनको एन्जियोग्राफी गर्न भनेको पारिवारीक स्रोतले जनाएको छ ।