डा. गाेविन्द केसीको जीवनरक्षाको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसद्वारा संसद अवरुद्ध

रिपोर्ट नेपाल | 2018 Jul 06 | 02:48 pm 2972

काठमाडौं, असार २२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।

डा.  कांग्रेसले शुक्रबार नै केसीको जीवन रक्षा गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । तर, कार्यसूचीमा नपरेपछि बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका छन् ।

विराेध पश्चात सभामुखले बाेल्ने समय दिएपछि प्रमुख सचेतक बालकृष्ण खाँडले डा. केसीको स्वास्थ्य अवस्था निकै गम्भीर भएकाले शुक्रबार नै छलफल गर्नु पर्ने, नभए सदन अघि बढ्न नसक्ने बताए ।

सभामुख कृष्णबहादुर महराले मन्त्रीसँग परामर्श गरेर छलफलको दिन तोक्ने आश्वासन दिए । साथै सदन सुचारु गर्न कांग्रेस सांसदहरूसंग सहयोग मागे ।

तर, डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै कांग्रेस सांसदहरुले सदन अवरुद्ध गरिरहे । संसद बैठक आधा घन्टालाई स्थगित भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.