डा खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त आजै शपथ

रिपोर्ट नेपाल | 2020 Mar 04 | 11:37 am 1607

काठमाडौं, फागुन २१: बुधबार डा युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरिएको छ । उनलाई राष्ट्रपति विद्या देवी भण्डारीले अर्थमन्त्रीमा पुनः नियुक्त गरेकी हुन्।

खतिवडाको आजै चार बजे शपथ ग्रहण हुने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि खतिवडालाई मन्त्री पदमा नियुक्त गर्न सिफारिश गरेका थिए।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले खतिवडाले प्रधानमन्त्री ओलीले सम्हालेको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकिएको बताए।

अर्थमन्त्री खतिवडा राष्ट्रिय सभा सदस्यको दुईवर्षे कार्यकाल सकिएपछि मंगलबार मात्र मन्त्री पदबाट राजिनामा दिएका थिए।

संविधान अनुसार, खतिवडा अब ६ महिनासम्म अर्थमन्त्री रहन सक्छन् । त्यसबीचमा उनी संघीय संसदको सदस्य नबनेमा स्वतः उनी मन्त्रीबाट हट्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.