डा. केसी र थापा :

अनसन-उपचार एकै ठाउँ, अस्पताल भन्छ- दुवैलाई एकै ठाउँमा उपचार गर्न सकिँदैन

रिपोर्ट नेपाल | 2019 Jan 18 | 07:20 pm 1830

काठमाडौं, माघ ४ :  १६ औं अनसनको १० औं दिन एकाएक स्वास्थ्यमा बढी समस्या देखिएपछि अनसनस्थल इलामबाट काठमाडौं ल्याइएकाे  डा. गोविन्द केसीकाे अहिले राजधानीको त्रिवि शिक्षक अस्पतालमा भइरहेको छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाम पुगेर सत्याग्रहमा बसेका डा. केसीलाई सेनकाे हेलिकोप्टरमार्फत  शुक्रबार बिहान तीन बजे नै काठमाडौं ल्याइएको थियो । उनलाई  त्रिभुवन विमानस्थलबाट टिचिङ अस्पताल लगेर त्यहाँको आइसियुमा भर्ना गरिएको छ।

यस्तै आठ दिनदेखि डा. केसीको मागविरुद्ध अनसन बसिरहेका विजय थापाको पनि डा. केसी रहेकै अस्पतालमा उपचार भइरहेको छ ।स्वास्थ्यमा समस्या देखिएपछि थापालाई पनि सेनाकै हेलिकोप्टरबाट आजै (शुक्रबार) काठमाडौं ल्याइएको हो ।

त्रिवि शिक्षण अस्पतालले एउटै अस्पतालमा दुई जना अनशनकारीलाई राख्न नसकिने बताएको छ। शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा प्रेम खड्गीले शिक्षण अस्पतालमा आइसियु नभएकाले अन्यत्र राख्नका लागि आग्रह गरेका हुन्।

अस्पतालमा ११ वटा बेड भएता पनि सबै फुल भएकाले अनशनरत थापालाई टिचिङमा राख्न नसकिने  डा खड्गीकाे भनाइ छ । त्यस्तै विपरीत माग राखेर अनशन बसेका दुवैलाई एक ठाउँमा राख्दा आउने दबाबलाई झेल्न गाह्रो हुने भन्दै उनले अन्यत्र राख्दा राम्रो हुने बताएका हुन्। तर अनशनरत थापालाई टिचिङमै आपत्कालीन कक्षमा राखिएको उनले बताए।

केसीको उपचारमा डाक्टरको समूह नै सक्रिय छ । डा. केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक र नर्स सहभागी टोली नै गठन गरेको छ । त्रिवि आईसियु संयोजक डा. सुवास आचार्यको नेतृत्वमा त्रिवीले टोली गठन गरेको हो । चिकित्सकको टोलीमा सात चिकित्सक र एक नर्स सहभागी छन् ।

आचार्य नेतृत्वको टोलीमा क्रिटिकल केयरका विज्ञ डा. परमेशसुन्दर श्रेष्ठ, मुटुरोग विशेषज्ञ डा.सूर्य देवकोटा, मृर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह, डा.रविन नेपाली, स्वासप्रश्वास विशेषज्ञ डा. पंकज पन्त र नर्स गंगा थापा छन् ।

दुईविपरीत माग राखे एउटै अस्पतालमा आइपर्ने शुरक्षा सम्वेदनशिल्तालाई मध्यनगर गर्दै शुरक्षा व्यवस्था कडा बनाइएको छ। अहिले शिक्षण अस्पतालमा व्यापकरूपमा प्रहरी परिचालन गरिएको प्रहरी स्रोतले बतायो।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.