काठमाडौँ , साउन २२ : डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । झन्डै दुई साता उपचारपछि आज (मंगलबार) डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज भएपछि आफूसँग भएका सम्झौताहरु तत्काल कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएका छन् । डा. केसीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै सम्झौता कार्यान्वयनको लागि सरकारलाई स्मरण गराएका हुन्।

१३ दिनको अस्पताल बसाइँका क्रममा डा।केसीको ६ दिन आईसीयु उपचार गरिएको थियो।
डा. केसीले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिक ल कलेज स्थपना गर्न नहुने र चिकित्सा शिक्षा विधेयकमा परिमार्जन गर्नुपर्ने सहितका विभिन्न मागसहित अनशन बसेका थिए ।
२७ दिन लामो अनशन बसेका डा. केसीका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै सरकारले लिखित सहमति गरेपछि उनले साउन १० गते राति अनसन तोडिएको थियो ।