डा केसीसँग वार्ताका लागि विज्ञसँग परामर्श शुरु

रिपोर्ट नेपाल | 2018 Jul 25 | 12:05 pm 1694

काठमाडौँ, साउन ९: अनशनरत चिकित्सक प्रा डा गोविन्द केसी २६ औं  दिनको सत्याग्रह सम्म पनि टसमस नभएपछि सरकार डा केसीको माग सम्बोधन गर्ने विषयमा वार्ता र सहमतिका लागि सरकारी वार्ता टोलीले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श थालेको छ ।

सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विज्ञहरुसँग गराउनुभएको छलफलका आधारमा वार्ता समितिले थप गृहकार्य गरेको हो ।

विज्ञहरुको सुझाव र डा केसीको मागका आधारमा संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयकमा गर्नुपर्ने संशोधनका बुँदाहरु तयार गरेर औंपचारिक वार्ता हुने तयारी भएको छ । सरकारी वार्ता समितिका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले आफूहरु परामर्शमा रहेको तथा वार्ता र सहमतिका लागि सकारात्मक वातावरण बन्दै गएको बताएका छन् ।

चिकित्सा क्षेत्रको सुधारको माग राखी डा केसी आज बुधबार २६ औं दिन अनशन बसेका छन् । उनको स्वास्थ्यस्थित खराब हुुँदै गएपछि सरकार वार्ताका लागि केहि लचिलो भएको संकेत मिलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.