जुम्ला , साउन ३: डा गोविन्द केसीलार्इ लिन सरकारले पठाएको नेपाली सेनाको हेलिकप्टर जुम्ला पुगेपछि डा केसीको समर्थनमा स्थानीय, विद्यार्थी, शिक्षक, अभिभावक तथा विभिन्न पेसाकर्मीहरु विरोधमा उत्रिएका छन्।
डा केसीलार्इ जबरजस्ती उठाउने योजनासहित कर्णाली चिकत्सा विज्ञान प्रतिष्ठानको परिसरमा सादा पोसाकमा ठुलो संख्या प्रहरीलार्इ खटाइएको छ।
जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेका छन् ।
कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारले बिहीबार बिहानै हेलिकोप्टर पठाएको थियो ।