काठमाडौं, माघ १६ : २२ दिनदेखि अनसनरत् डा गोविन्द केसीलाई भेट्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अस्ताल पुगेकी छन्। आज बुधबार दिउँसो महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।
डा केसीको अनसनमा यसअघि सरकारले चासो नदिएकोमा कार्कीले चिन्ता व्यक्त गरेकी छन्। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि मंगलबार अस्पताल पुगेर डा केसीलाई भेटेका थिए।
शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकहरूले सामूहिक रिले अनशन जारी राखेका छन्। डा केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै मुलुकभरका चिकित्सकहरूले आन्दोलन गरिरहेका छन्।