डा. केसीलाई भेट्न कांग्रेसका तीन सांसद जुम्ला जाँदै

रिपोर्ट नेपाल | 2018 Jul 04 | 02:38 pm 2897

काठमाडौं ,  २० अससार : जुम्लामा अनसनरत डा. गोविन्द केसीको अवलोकन गर्न नेपाली कांग्रेसले तीन सांसदलाई पठाउने भएको छ । नेपाली कांग्रेसको आज (बुधबार) बसेको संसदीय दलको बैठकले डा. केसीको अवलोकन गर्न तीन सांसदलाई पठाउने निर्णय गरेको हो ।

बैठकले सांसदहरु रंगमति शाही, प्रकाश रसाइली स्नेही र दिनवन्धु श्रेष्ठलाई जुम्ला पठाउने निर्णय गरेको छ । यी तिनै जना बिहीबार विहान जुम्लातर्फ जादैछन् । प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडका अनुसार उनीहरुले डा. गोविन्द केसीको अनशनमा ऐक्यवद्धता जनाउने र उनको अवस्थाबारे जानकारी लिनेछन् ।

त्यस्तै छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनमा रहेकी गंगामाया अधिकारीको अवस्था बुझ्न तीन सांसदलाई खटाएको जनाइएको छ । खाँडका अनुसार सांसदहरु वेद तिमल्सिना, पार्वता डिसी चौधरी र अमरेशकुमार सिंहले दिउँसो ३ बजे गंगामायालाई भेट्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.