‘डा. केसीलाई चिन्नुस्, उहाँसँग कुनै झण्डा छैन, लोभ छैन, स्वार्थ छैन’- गगन थापा

| 2018 Jul 09 | 04:08 pm 3244

काठमाडौं, २५ असार : नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसी सत्यको पक्षामा उभिएका बताएका छन् । डा. केसीको जीवन रक्षाको माग गर्दै दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

‘सत्यको पक्षमा फगत एक जना भए पनि पुग्छ । आज गोविन्द केसी सत्यको पक्षमा उभिनु्भएको छ । मान्छे कति छन् नगन्नुस्, कति टाउको छ नहेर्नुस्, सदनको टाउको पनि नगन्नुस्’ उनले भने ‘म प्रधानमन्त्रीलाई शुभकामना दिन चाहन्छु ।’

सांसद थापाले डा. केसीको कुनै स्वार्थ र झण्डा उनीसँग नभएको भन्दै थापाले चिकित्सा शिक्षा सुधारको नशामात्र रहेको बताए । ‘उहाँलाई चिन्नुस्, उहाँसँग कुनै झण्डा छैन । लोभ छैन, स्वार्थ छैन । केवल नशा छ, नेपालको चिकित्सा शिक्षाको क्षेत्र सुधार्ने नशा छ । त्यो नशा कसैले नजर अन्दाज गरेर उत्रिदैन । कसैले तर्साएर पनि उत्रदैन ।’

प्रधानमन्त्री र शिक्षामन्त्रीले एक दुई जना व्यक्तिको स्वार्थको विषय नहेर्ने हो भने चिकित्सा शिक्षा विधेयक पारित गर्न सरकारलाई सहयोग गर्न सकिने नेता थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.