काठमाडौं, असाेज ९ः चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा गोविन्द केसी र सरकारबिच दश बुँदे सहमतिसँगै १३औँ दिनमा जुस पिएर अनसन तोडियो । सरकारसँगको सहमतिसँगै डा केसीले अनसन तोडेका छन् ।
डा केसीले बिरामी र बिरामी कुरुवाको हातबाट जुस पिएर अनसन तोडे । त्रिवि शिक्षण अस्पतालमा उपचाररत सुनसरीका अरमन अन्सारी र बिरामी कुरुवा कैलालीकी सरिता चौधरीको हातबाट जुस खाएर अनसन तोडे ।
डा केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका विभिन्न सात बुँदे माग राख्दै धनगढीमा अनसन सुरु गरेका थिए । डा.केसीको यो २० औँ अनसन हो । सरकार र डा केसीका बिच भएका १० बुद्धे सम्झौता भएको छ । नेपाल समाचारपत्रबाट
सम्झौता यस प्रकार रहेको छ:



