डा. केसीको समर्थनमा सुशीला र गगनसहितले निषेधित क्षेत्र माइतीघरमा बृहत प्रदर्शन गर्दै

| 2018 Jul 14 | 09:00 am 3147

काठमाडौँ , असार ३० :  पुर्वप्रधानन्यायाधिश सुशिला कार्की र पुर्व स्वास्थ्य मन्त्री गगनकुमार थापासहितको टोलीले काठमाडौंको माइतीघरमा आज बृहत प्रदर्शन गर्दै छन् । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि भन्दै दुई हप्ता देखि जुम्लामा अनसरत डा. गोविन्द केसीको समर्थनमा बृहत प्रदर्शन गर्न लागेका हुन् ।

पुर्वप्रधानन्यायाधिश, पुर्व मन्त्री देखि सामाजिक अगुवाहरुको सहभागीता सरकारले निषेधाज्ञा लगाएको काठमाडौको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी भएको हो । आज दिउसो १२ बजेपछि हुने प्रदर्शनमा पुर्वप्रधानन्याधिशद्धय शुशीला कार्की र कल्याण श्रेष्ठ, पुर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, नागरिक अगुवाहरु कृष्ण पहाडी, चरण प्रसाईं, उज्ज्वल थापा, रबिन्द्र मिश्र लगायत प्रदर्शनमा सहभागी हुने जनाइएको छ ।

डा. केसी १५ औँ पटकको अनसन बसेको पनि १५औ दिन भइसक्दा पनि सरकारले समस्या समाधान तर्फ चासो नदिएको भन्दै उनीहरुले सरकारलाई दवाव दिन सडकमा उत्रिनु परेको बताएका छन् ।  राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश–२०७४ अनुसार नै ऐन बन्नपर्नेलगायत स्वास्थ्य क्षेत्र सुधारका लागि सात सूत्रीय माग राखेर जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आमरण अनशनरत डा. केसी अर्धचेत अवस्थामा पुगेका छन्। ‘शरिरमा अक्सिजनको मात्रा कम हुनुका साथै गुल्कोजको मात्रा एकदमै न्युन रहेको र मस्तिस्कमा रक्तसञ्चार निकै कम रहेको छ’, उपचारमा संलग्न डा जीवन क्षेत्रीले भने, ‘सोही कारण डा केसी बेला बेलामा अर्धचेत अवस्थामा पुग्ने गर्नुभएको छ।’

डा. केसीमा छाती दुख्ने, कमजोरीले चक्कर लाग्ने, वाकवाकी हुने, पेट दुख्ने, पिसावमा बढी किटोनजस्ता समस्या देखिएको डा क्षेत्रीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.