काठमाडौं, माघ ११ : चिकित्सा शिक्षा सुधारको माग राख्दै १६ दिनदेखी अनशनरत डा गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्ने २० जना भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार डा केसीसँग सहमति विपरित आज संसदमा चिकित्सा शिक्षा विधेयक पारित गर्न लागेको भन्दै त्यसको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा नागरिक समाजमा अगुवा, स्वतन्त्र नागरिकलगायत छन्।
उनीहरुलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।