डा. केसीको समर्थकले शुरु गरे वसन्तपुरमा सामुहिक सत्याग्रह

| 2018 Jul 22 | 12:08 pm 2146

काठमाडौं, साउन ६: २३ दिनदेखि अनशनरत डा केसीको मागप्रति सरकारल वेवास्ता गरको भन्दै केसीका समर्थकले ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को आयोजनामा आइतबार बिहान वसन्तपुर डबलीमा आमनागरिकको सहभागितामा सामूहिक सत्याग्रह सुरु गरेका छन्।

सत्याग्रहमा अधिवक्ता ओमप्रकाश अर्याल, कृष्ण पहाडी लगायत नागरिक समाजका अगुवाहरुकफ पनि सहभागिता रहेको अायोजकले बताएको छ । केही समय अघिसम्म १०० जना बढीले सत्याग्रहमा बस्‍नका लागि नाम टिपाएर अनसनमा बसेका छन्।

Image may contain: 2 people

शनिबार अलायन्सले नयाँ बानेश्वरमा गरेको कोणसभामा नागरिक सत्याग्रहको घोषणा गर्दा २६० बढीले आफ्नो नाम टिपाएको आयोजकले जानकारी दिएको छ। सत्याग्रह बिहान १० देखी साँझ ५ बजेसम्म जारी रहने बताइएको छ।

सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा शनिबार भएको प्रर्दशनीमा राजनीतिक दलका नेता, विभिन्न पेशाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा केसीको जीवनरक्षा गर्न माग गरेका हुन्।

Image may contain: 9 people, people smiling, outdoor

स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै सरकारले गत बिहीबार हेलिकप्टरबाट डा केसीलाई काठमाडौँ ल्याएको थियो। यो उनको १५ औँ पटकको अनशन हो।

जुम्लाबाट काठमाडौँ आएपछि डा केसीले सरकारले माग सम्बोधन नगर्दासम्म स्वास्थ्य जाँच नगर्ने, औषधि पनि नलिने र साधारण स्लाइन मात्र लिने घोषणा गरेका छन्। यता डा केसीको स्वास्थ्य अवस्था भने गम्भीर बन्दै गएको बताइएको छ।

Image may contain: 5 people, people sitting and outdoor

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.