काठमाडाैँ, पुस २९ : नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले बेलैमा पहल गर्नुपर्ने बताएका छन् । आइतबार रिपोर्टस क्लबमा आयोजित साक्षातकारमा अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले केसीको माग संबोधनको पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका सांसदलाई आग्रह गरे ।
‘प्रधानमन्त्रीलाई गलत सल्लाह नदिन म नेकपाका सांसदहरुलाई आग्रह गर्दछु । वार्ता समिति बनाएर वा आफै पहल गरेर भए पनि प्रधानमन्त्रीज्यूले डा। केसीको माग सम्बोधन गर्नुहोस् भनेर म यही मञ्चबाट आग्रह गर्दछु’ उनले भने । श्रेष्ठले प्रधानमन्त्री ओलीले डा। केसीको माग सम्बोधन गर्न समयमै दिमाग र आँखा खोल्नुपर्ने पनि बताए ।
‘आवश्यक पर्यो भने हामी पनि चुप लागेर बस्दैनौं । हामी कम बोल्छौं तर काम गरेर देखाउँछौं’ उनले भने । सत्तारुढ दल नेकपाका नेता एवम् प्रस्तावित मनमोहन मेडिकल कलेज सञ्चालक समितिका सचिव डा। रामकुमार अधिकारीले डा. गोविन्द केसीले राजनीतिक माग राखेर १६ औं अनशन बसेको आरोप लगाएका छन् ।