डा. केसीको उपचारका लागि विशेषज्ञको टोली इलाममा

रिपोर्ट नेपाल | 2019 Jan 17 | 06:25 pm 1507

इलाम, माघ ३ : चिकित्सा शिक्षा सुधारलगायत माग राखेर ९ दिनदेखि इलाममा १६ औं सत्याग्रहमा रहेका प्राडा गोविन्द केसीको स्वास्थ्य उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ६ सदस्यीय विशेषज्ञ टोली आज बिहीबार इलाम पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ईलाम अस्पतालले हरेक दिनको डा. केसीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउँदै आएको थियो । सोहि अनुसार उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशनमा प्रतिष्ठानका सहायक निर्देशक डा. विकास शाहको नेतृत्वमा कार्डियोलोजिष्ट, इमर्जेन्सी, फिजिसियन, ल्याब टेक्निसियन, नर्सलगायतको टोली इलाम पुगेको हो ।

आवश्यक सामग्री साथ आएका छौ भन्ने केही दिन यहि बसेर डा. केसीलाई उपचार सेवा दिने टोलीका सदस्य डा. शाहको बताए । बुधबार गएको टोलीले पनि डा. केसीको स्वास्थ्य परीक्षण गएको थियो । केसीको स्वास्थ्य अवस्था स्थिर भएकाले जुनसुकै समयमा आईसीयू र एनआईसीयू आवश्यक भएको र त्यो सेवा इलाममा नभएकाले सुविधासम्पन्न अस्पतालमा लगेर उपचार गनुपर्ने सुझाव दिएर टोली फर्किएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.