डा. केसीका माग सम्बोधन गर्न उपसभापति निधिकाे आग्रह

रिपोर्ट नेपाल | 2018 Jul 24 | 04:29 pm 2799

काठमाडौँ, साउन ८ : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै आमरण अनशनरत डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

युरोप भ्रमणपछि आज स्वदेश फर्केका निधिले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विगतको सरकारका पालामा प्रस्तुत अध्यादेशका आधारमा नयाँ विधेयक संसद्मा ल्याउनसमेत सुझाव दिए ।

उपसभापति निधि जनसम्पर्क समन्वय समिति युरोपको पोर्चुगलमा आयोजित विस्तारित बैठक तथा कार्यकर्ता भेलामा सहभागी हुन साउन २ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनले आफ्नो भ्रमण कार्यक्रम छोट्याएर स्वदेश फर्किएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.