डा केसीका माग पूरा गराउन डाक्टरहरूले थाले रिले अनसन

| 2019 Jan 28 | 02:57 pm 1967

काठमाडौं, माघ १४ : १६ औं पटक आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीका माग पूरा गराउन डाक्टरहरु सामूहिक अनसन बसेका छन् ।महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज बिहान १० बजे देखि करिब ५० जना डाक्टरहरु रिले अनसनमा बसेका हुन् ।

संघले आइतबार त्रिवि शिक्षण अस्पतालमै गरेको छलफलबाट सोमबार कार्यालय समयमा रिले अनसन निणर्य गरेको थियो । अनसन साँझ ५ बजेसम्म चल्नेछ ।

नेपाल चिकित्सक संघले डा केसीसँग गरेको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक संशोधन गर्न माग गर्दै आएको छ । सोही माग अघि सारेर चिकित्सकहरूले अस्पतालको सेवा नै अवरुद्ध पार्ने चेतावनीसम्म दिएका छन् ।

सरकारकारले भर्खरै पास गरेको राष्ट्रिय चिकित्सा विधेयकको विरोध साथै अनशनरत डा केसीको जीवनरक्षाको लागि चिकित्सक संघले रिले अनसन प्रारम्भ गर्ने घोषणा गरेको हो । सरकारले बलपूर्वक विधेयक पारित गरेको केसी समर्थक डाक्टरहरुको आरोप छ ।

केही चिकित्सकले सरकारले जालझेल गरेरै विधेयक ल्याएको आरोप लगाएका छन् । केसीको आमरण अनसनको १९ दिनसम्म पनि सरकारले वार्ताका लागि चासो नदिएकोमा उनीहरू आक्रोशित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.