डा. केसीका माग नेपाल र नेपालीको हितमा रहेको भन्दै अष्ट्रेलियामा प्रदर्शन

| 2018 Jul 22 | 02:28 pm 1994

अष्ट्रेलिया, साउन ६ : अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा पश्चिम अष्ट्रेलियाको पर्थमा ऐक्यबद्धतास्वरूप प्रदर्शन गरिएको छ । अनशनको आज २३ औं दिन पुग्दा पनि केसीका मागलाई सरकारले सम्बोधन गर्न नसकेको भन्दै तत्काल माग पुरा गर्न यहाँ रहेको नेपालीले प्रदर्शन गरेका हुन् ।

आइतबार पश्चिम अष्ट्रेलियाको पर्थमा ऐक्यबद्धता कार्यक्रम गर्दै उनीहरुले सरकारबाट भइरहेको हस्तक्षेप समेत तत्काल बन्द गर्न र डा. केसीको माग पूरा गर्न आग्रह गरेका छन् । उनीहरूले डा. केसीका माग समग्र नेपाल र नेपालीहरुको हितमा रहेको भन्दै एेक्यबद्धता जनाएका हुन् ।

यस्तै, सिड्नी र ब्रिसबनमा रहेका नेपालीहरुले डा. केसीको माग जायज रहेको भन्दै उनको समर्थनमा प्रदर्शन गरेका छन् । यहाँ रहेका नेपाली युवाहरुले स्वतःस्फूर्त रुपमा आयोजना गरेको कार्यक्रमबाट विदेशमा पनि नेपालीहरु डा. केसीको पक्षमा रहेको सन्देश दिन खोजेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.