डा. काे लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तद्वारा राप्ती अस्पतालमा तोडफोड

रिपोर्ट नेपाल | 2018 Aug 13 | 04:17 pm 3634

रुकुम, साउन २८ : रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्लेमा रहेको राप्ती समाज अस्पताल तनावग्रस्त भएको छ । उपचारका क्रममा एक जना बिरामीको मृत्यु भएपछि तनावग्रस्त बनेको हो ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ९ का वडा सदस्य २७ वर्षीय कमल रावलको आज बिहान मृत्यु भएको थियो । फोक्सोको समस्या भएकापछि उनी उपचारका लागि राप्ती अस्पतालमा भर्ना भएका थिए ।

उनको मृत्यु भएपछि डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । अस्पताल तोडफोडपछि अहिले सल्ले तनावग्रस्त रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.