मणिपाल हस्पिटलमा डाक्टरकाे गाडीले ठक्कर दिँदा ४ वर्षीय बालककाे मृत्यु

रिपोर्ट नेपाल | 2019 Jun 22 | 03:45 pm 2052

कास्की, असार ७:   पोखराको मणिपाल हस्पिटलमा डाक्टरको गाडीले ठक्कर दिँदा ४ बर्षीय बालकको मृत्यु भएको छ । उक्त घटना शनिबार बिहान अन्दाजी ८ :३० बजे हस्पिटलको पार्किंग स्थलमा  डाक्टर विश्वदिप तिमिल्सिनाको गाडीकाे ठक्करबाट भएकाे हाे ।

मृत्यु हुनेमा  पोखरा २८ माझठाना घर भई फुलबारी बस्दै आएका ४ वर्ष २ महिनाका बालक संस्कार कँडेलको मृत्यु भएको प्रतक्षदर्शीले बताएका छन् ।

हस्पिटलको मोटरसाइकल पार्किंगस्थलबाट बालककाे बाबुले स्कुटर झिक्ने क्रममा छेउमा रहेका बच्चाले बाटो क्रस गर्न खोज्दा डाक्टर तिमिल्सिनाको ग ३ च ४३६ नम्बरको गाडीले ठक्कर दिँएकाे थियाे । ठक्करबाट बच्चाको घटनास्थलमै मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । बच्चाका बाबुआमा बिमार रहेकी हजुरआमालाई हस्पिटलमा भेटेर फर्कने क्रममा घटना घटेको प्रत्यक्षदर्शीले बताएका हुन् ।

डा. तिमिल्सिनाले लापरबाही गर्दै एउटा हातमा मोबाइल खेलाउदै अर्को हातले गाडी चलाउदा बालकलाई ठक्कर दिएपछि बच्चाको मृत्यु भएको आफन्तको आरोप छ । बालकको घटनास्थलमै मृत्यु भएपनि बालकलाई ईमर्जेन्सी कक्षमा लगिएको प्रतक्षदर्शी र आफन्तले आरोप लगाएका छन्  ।

हस्पिटलको हाताभित्रै डाक्टरको लापरबाहीका कारण बच्चाको मृत्यु हुँदा समेत प्रहरी प्रशासनले डाक्टरलाई जोगाउन र आफूहरुमाथि धरपकड गर्न खोजेको भन्दै आफन्तले आक्रोश ब्यक्त गरेका छन् । डाक्टर तिमिल्सिना र ठक्कर दिने गाडीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.