- महेश सिंह महतो
सिरहा, साउन २०: डाका मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राय पर्नेमा सिरहाको बिष्णुपुर गाउँपालिका ३ राजपुरका २० बर्षिय रुपेश कुमार यादव रहेका छन् ।
डाका मुद्दा परेका यादव बिगत केहि दिन देखि छिमेकी मुलुक भारतमा लुकिछिपी बस्दै आएका थिए ।
ईलाका प्रहरी कार्यालय बिष्णुपुरबाट खटिएको नेपाल प्रहरीको टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेका हुन् । यादवलाई ईलाका प्रहरी कार्यालय बिष्णुपुर प्रहरीको गस्ती टोलीले बिष्णुपुर गाउँपालिका ३ राजपुरबाट पक्राउ गरेरको हो ।
पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता अपिलराज बोहराले बताए ।