डढेलोमा परेर घाइते अर्का एक जनाको पनि मृत्यु

| 2023 Apr 22 | 01:47 pm 1917

गुल्मी, बैशाख ९ः  डढेलोमा परेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडानम्बर–३ स्थित हाडहाडे बर्दवास जंगलमा लागेको डढेलो निभाउने क्रममा ५५ वर्षीय धनबहादुर जोगी कुँवरको मृत्यु भएको हो ।

गत बिहीबार धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा लागेको आगो निभाउन गएका बेला जलेर कुँवर गम्भीर घाइते भएका थिए । उनको गुल्मी, पाल्पा र बुटवलमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी पाण्डेले बताए ।

यसअघि सोही जंगलमा लागेको डढेलो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर–३ कै १३ वर्षीय दीपक मुखियाको पनि मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.