लमजुङ, माघ १८ वनमा लागेको डढेलोमा परी लमजुङको क्वहोलासोँथर गाउँपालिका–९, टक्सारमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिका वडा नम्बर ८ घर भई कास्कीको रुपा गाउँपालिका पिप्ले बस्दै आएकी अन्दाजी ३५ वर्षकी ज्योति परियार रहेको जिल्ला प्रहरी कार्यालय, लमजुङले जानकारी दिएको हो ।
प्रहरीका अनुसार घरबाट पोखरा जान हिँडेकी परियारको वनमा लागेको डढेलोमा परेर मृत्यु भएको बताइएको हो ।
डढेलोमा परेर गम्भीर घाइते भएकी परियारलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा लगिएको र उपचारका क्रममा शुक्रबार साँझ साढे सात बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।