डडेल्धुराको गुयलखेतमा हायस दुर्घटना, १० जना घाइते

| 2019 Mar 18 | 12:18 pm 2227

डडेल्धुरा, चैत्र ४ : जिल्लाको गन्याधुरा गाउँपालिका–३ गुयलखेतमा आज (सोमबार) हाइस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हाइस सोमबार बिहान साढे १० बजेतिर दिपालय सिलगढीबाट धनगढी जाँदै गर्दा दुर्घटना भएको छ।

दुर्घटनामा परी घाइते भएका १० जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

घाइतेहरुलाई डडेल्धुरा अस्पताल ल्याइएको छ। घाइतेहरुको सनाखत भई नसकेको र दुर्घटना के कारणले भयो पत्ता लागि नसकेको प्रहरीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.