बारा, साउन २२ । जितपुरसिमरा उपमहानगहरपालिका-२२ स्थित २ नम्बर जंगलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५७ केजीसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ बस्ने ३९ वर्षीय रोशन नेगी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको भैसेबाट बा.११ च ४९९२ नम्बरको स्कारपियोमा ६ वटा पोका गाँजा ल्याएको विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले उक्त गाँजा र स्कारपियोसहित पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका नेगी सँग सोधपुछ र अनुसन्धानको क्रममा गाँजा ओसारपसारमा संलग्न अन्य ४ जना भारतीय नागरिक र २ जना नेपाली नागरिकलाई बीआर ०५ जी ८६५६ नम्बरको भारतीय पिकअप र बीआर ०५ ए जेड ८९६१ नम्बरको भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिइएको कुरा समेत प्रहरीले जनाएको छ ।