बाजुरा, कार्तिक २४ : प्रहरीले ठूलो परिमाणको विष्फोटक पदार्थ र पेस्तोलसहित १६ जनालाई पक्राउ गरेको छ।
बाजुराको गौमूल गाउँपालिका ३, माझापालीबाट रोल्पा गंगादेव गाउँपालिका ३ जिनावाङका ५२ वर्षीय चूडामणि ओलीलगायत १६ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एउटा पेस्तोल, तीन राउण्ड गोली, फलामको खाली सकेट एक थान, २२ सय ग्राम बारुद, एउटा प्रेसरकुकर बम, इलेक्ट्रोनिक कमर्सियल डेटोनेटर आठ थान, बिजुलीको तार, मैनबत्ती, पिलास, टेप र कैंची तथा सैन्य तालिमसम्बन्धी कागजात बरामद गरेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १ पथलैयाबाट एक हजार दरको एक थान र पाँच सय दरको एक थान नक्कली नोटसहित चितवन रत्ननगरका गोकर्ण खतिवडालाई शनिबार पक्राउ गरेको हो । उनले पथलैयाको एउटा पेट्रोलपम्पमा ना ६ ख ३३५२ नम्बरको ट्रकमा तेल हालेर पैसा दिने क्रममा नक्कली नोट दिएका थिए । लगत्तै उनी पक्राउ परेका हुन् ।
त्यस्तै सोही दिन बारा पचरौता नगर ५, बेल्दारीबाट भारतीय नागरिक सुनिल कुमार यादव र सोही ठाउँ बस्ने राजाबाबु कुमार १ हजार दरको नक्कली नोट एक थानसहित पक्राउ परेका छन् । उनीहरुले पनि सोही ठाउँमा बाइकमा तेल हालेपछि नक्कली पैसा दिएका थिए । तत्कालै उनीहरुलाई मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो ।