बारा, फागुन २७: मंगलबार बिहान ठूलो परिमाणमा अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिमा वडा न १५ का ३० वर्षीय जितेन्द्र कुमार सिंह र भारत विहारका २२ वर्षीय नासिर आलम रहेका छन् ।
उनीहरुलाई जितपुर सिमरा उपमहानगरपालिका वडा न २ स्थित नेपाल विद्युत प्राधिकरणअगाडी बाटोमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रेस लेखिएको ना ६५ प ६२६७ नम्बरको मोटरसाइकल चलाइआएका उनीहरुले एकआपसमा शंकास्पद तरिकाले कुरा गरिरहेको अवस्थामा प्रहरी टोलीद्वारा निजहरूलाई नियन्त्रणमा लिई चेकाजाँच गर्दा निजहरूले बिक्रि गर्ने उद्देश्यले लिई आएको अवैध लागु औषध डाईजेपाम ३ सय थान, नुफिन ३ सय थान र फेनारगन ३ सय थान गरी जम्मा ९ सय थान सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको बुझिएको छ ।