ठूलो परिमाणमा अवैध लागूऔषधसिहत एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Feb 20 | 04:20 pm 2018

तनहुँ, फागुन ८ : प्रतिबन्धित लागूऔषधसिहत प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट पोखरा तर्फ जादै गरेको बा ४ ख ७७१४ नम्बरको यात्रु बाहक बसमा चेकजाँच गर्ने क्रममा मिलन गुरुङलाई आज (बुधबार) प्रहरीले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर–१६ अमरदिपका २५ वर्षीय गुरुङले झोला भित्र लुकाई राखेको अवस्थामा २ एमएल को डाइजेपाम शिशी १ सय २१ थान, फेनेरगन २ एमएल को शिशी १ सय २० थान र नोफिन २ एमएल को शिशी १ सय ११ थान गरि जम्मा शिशी ३ सय ५२ थान लागु औषधसहित पक्राउ गरेका प्रहरीले जानकारी दिए ।

तनहुँ व्यास नगरपालिका वडा नम्बर–१२ घाँसीकुवा स्थित पृथ्वीराजमार्गमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा उक्त लागूऔषधसहित गरुङलाई पक्राउ गरेका हुन ।

गुरुङलाई लागु औषध मुद्धामा आजै अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.