तनहुँ, असार २१ः अवैध रुपमा उम्रिएको ठूलो परिमाणको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
शनिबार तनहुँ भिमाद नगरपालिका वडा नं ७ सिस्नेरी स्थितमा बसोबास गर्ने स्थानिय व्यक्तिहरुको करिब २ रोपनी पाखोबारीमा उम्रिएका ५ सय वटा अबैध गाँजाका बोटहरु ईलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले उक्त गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको प्रहरीले जानकारी दिएको छ ।