ठूलो क्षतिहुनबाट बच्यो सौर्य एयर

रिपोर्ट नेपाल | 2018 Sep 17 | 06:07 pm 2631

काठमाडौं, असोज १ :  काठमाडौंबाट विराटनगरकालागि उडेको सौर्य एयरको ९ एन एएमई ७२१ को जहाजमा चिल ठोक्किदा विमानमा क्षति पुगेको छ। विमानमा चिल ठोक्किएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले रिपार्ट नेपाललाई जानकारी गराएका छन्।

बिहान ७.४५ बजे त्रिभुवन अन्तराष्ट्रिविमान स्थलबाट उडेको विमानमा विराटनगर विमानस्थल पुग्नै लाग्दा चिल विमानमा ठोक्किएको हो।

विमानमा चिल ठोक्किदा विमानको ईन्जीनमा क्षति पुगेको बताएको छ। विमाना क्याप्टेन अभिषेष राई सहित चालक दलका चार जनासहित ५२ जना सवार रहेको सौर्य एयरले जनाएको छ।

ठुलो क्षती हुनबाट बचेको विमानमा ईन्जीनले काम नगरे पछि विराटनगर विमानस्थलमै ग्राउण्डेड भएको छ भने विमानको क्षतिबारे छानबिन गर्न प्राविधीक टोली विराटनगर पुगेको सौर्य एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले जानकारी गराएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.