ठुली आमालाई जबरजस्ती करणी !

रिपोर्ट नेपाल | 2018 Oct 01 | 07:17 pm 2209

पाल्पा, असोज १५ : ठुली आमालई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रैनादेवी छहरा गाउँपालिका १ भुटुके निवासी २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

आरोपी युवाको आफु ठुलीआमा भएको पीडित महिलाले बताएकी छन । पीडितले खबर गरेपछि प्रहरीले सोमबार युवकको घर गई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी बिनोद घिमिरेले बताए ।

‘यो हाडनाता सम्बन्धि जबरजस्ती करणीको मुद्दा हो, यसबारे अहिले केही खुलाउन मिल्दैन, मेडिकल रिपोर्ट आएपछी थप कुरा भन्न सकिन्छ’, घिमिरेले भने, ‘हामी घटनाको बिषयमा गम्भीर रुपबाट अनुसन्धान गरिरहेका छौँ ।‘

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.