- महेश सिंह
सिरहा, कात्तिक ४: सिरहाको सिमाबर्ती क्षेत्रमा पर्ने ठाँडी भन्सारमा चेक जाँच गर्ने क्रममा भारर्तिय एस्कार्पियो सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको भगवानपुर गाउँपालिका ४ स्थित रहेको बिओपिको मेन गेटको स्थाई चेक प्वाइन्टमा डिउटिमा खटिएको टोलिले चेक जाच गर्ने क्रममा नेपालबाट भारत तर्फ जादै गरेको भारतको हरियाना राज्यको सिकन्द्रपुर जिल्ला जर्जबन ग्राम पन्चाईत ५ का विकाश प्रतापको नाममा रहेको गाडी नम्बर HR55 HS.5024 र च्यासिस नम्बर 72868101 इन्जिन न. 5741329978 नम्बरको स्कार्पियो गाडी शस्त्र प्रहरीले पक्राउ गरेको हो ।
भदौ ३० गतेका दिन गाडीको भन्सार काटेको थियो । उक्त गाडीलाई प्रहरीले जफत गरी पक्राउ गरेको हो ।
पक्राउ परेको स्कार्पियो १३ लाख मुल्य बराबरको छ भने उक्त गाडी ठाँडी भन्सारमा बुझइएको सशस्त्र प्रहरीको इन्स्पेकटर जीवन खतिवडाले जानकारी दिए ।