ठगी कार्यमा संलग्न कटुवाल पक्राउ

| 2021 Sep 15 | 06:31 am 2433

काठमाडौं, भदौ ३०ः ठगी कार्यमा संलग्न एक जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्ला धरान नगरपालिका ९ घर भई हाल काठमाडौं महानगरपालिका ३२ बस्ने ३६ वर्षीय रुसिल कटुवाल रहेका छन् ।

मोरङ केराबारी गाउँपालिका ६ घर भई हाल काठमाडौं महानगरपालिका १० बस्ने धिरज कुमार दाहालले जिल्ला नुवाकोट तारकेश्वर गाउँपालिका ३ स्थायी ठेगाना हाल काठमाडौं महानगरपालिका ४ सुकेधारा बस्ने उद्धब प्रसाद अधिकारीसँग चिनजान भएका थिए ।

धिरज कुमार दाहालको नाममा रहेको मोरङ केराबारी गाविस ६ (क) कि.नं.६३८ को क्षे.०–१–१० र कि.नं.६४० को क्षे.०–७–२–० को जग्गाहरु बिक्रि गर्ने भनी जग्गाको मुल्य कायम गरी काठमाडौं महानगरपालिका ४ सुकेधारामा बसी बैना समेत गरी नगद र नेपाल इन्भेष्मेन्ट बैंक बत्तिस पुतली शाखाको चेकबाट समेत जम्मा ६८ लाख ९० हजार रकमी लिई उक्त जग्गाहरु पास नगरी सम्पर्क बिहीन भएका थिए ।

मिति २०७७ असार २० गते मालपोत कार्यालय मोरङ गई बुझ्दा उक्त जग्गा अन्य व्यक्तिको नाममा बिक्रि भइसकेको र कटुवालले ठगी गरेको हुँदा कटुवाललाई पक्राउ गरी ठगी कसुरमा थप अनुसन्धानका लागि मंगलबार महानगरीय प्रहरी परिसर टेकु पठाइएको र फरार रहेका धिरज कुमार दाहाललाई खोजीकार्य जारी राखिएको सूचना अधिकृत प्रहरी पउरीक्षक कृष्ण प्रसाद कोइरालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.