ठगी कसुरका फरार प्रतिवादी पक्राउ

| 2022 Jan 17 | 03:46 pm 2297

काठमाडाैं, माघ ३ः ठगी कसुरका फरार प्रतिवादीलाई केन्द्रीय अनुसरन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दाङ, घोराही उपमहानगरपालिका वडा नं. १५ लालीगुराँस टोलका ४१ वर्ष विकाश पुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङमा ठगी कसुर अन्तरगत मुद्दा दर्ता भई वादी नेपाल सरकार प्रतिवादी पुन समेत भएको ठगी कसुर मुद्दामा वारदात पश्चात फरार भई काठमाडाैंका बिभिन्न स्थानहरुमा लुकिछिपी बसेको भन्ने विशेष सुचनाको आधारमा मिति २०७८/१०/०३ गते काठमाडाैं महानगरपालिका वडा नं. ११ सुन्धारा स्थित होटल भ्यु ग्लोबलमा लुकिछिपी बसिरहेको अवस्थामा ब्यूरोबाट खटिएको प्रहरी अधिकृत सहीतको टोलीले पक्राउ गरेकाे हाे ।

उनले प्रयोग गर्दै आएको प्रदेश ३ ०१ ०२२ च ०११८ नं. को रातो कलरको हुन्डाई कम्पनिको क्रेटा मोडलको गाडी सहीत पक्राउ गरी आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, दाङ पठाईएको एवं प्रतिवादी विकाश पुन विगतमा समेत निम्न कसुरहरुमा संलग्न रही फरार रहेको बताइएकाे छ ।

1. मिति २०६४/११/१३ गते जि. दाङ त्रि.न.पा. वडा नं. १० पुरानो राप्ती नजिकै किशोर के.सी. र प्रविण के.सि. लाई विकाश पुन समेतका व्यक्तिहरुले गोली, खुकुरी लगायतका हातहतियार प्रयोग गरी कुटपिट गरेको कसुरमा सम्मानित दाङ जिल्ला अदालतबाट धरौटी राखी छुटेको ।
2. मिति २०६५/०७/०५ गते जि. दाङ स्थित भ्याली होटलमा विकाश पुन समेतका व्यक्तिहरुले हातहतियार देखाई डाँका चोरी गरेको कसुरमा संलग्न रही फरार रहेको ।
3. मिति २०६९/१०/०७ गते याम बहादुर थापालाई कुटपिट गरी घाईते भएको घटनामा संलग्न रही ज्यान मार्ने उद्योग कसुरमा फरार रहेको ।
4. मिति २०७०/१२/१२ गते जि. दाङ रोल्पा इरिवाड-५ बस्ने पदम चन्दलाई गोली प्रहार गरी गम्भिर घाईते बनाएको घटनामा संलग्न रही हातहतियार तथा खरखजाना कसुरमा फरार रहेको ।
5. मिति २०७३/०८/०६ गते जि. दाङ घोराही न.पा. वडा नं. ११ स्थित लोक बहादुर के.सी.लाई धारिलो हतियार प्रहार गरी घाईते बनाएको घटनामा संलग्न रही ज्यान मार्ने उद्योग कसुरमा फरार रहेको ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.