ठगीको आरोपमा एक महिला पक्राउ

रिपोर्ट नेपाल | 2020 Feb 27 | 03:28 pm 2018

काठमाडौं, फागुन १५: फ्रान्स पठाइदिन्छु भन्दै ३८ लाख ५० हजार ठगी गरेको आरोपमा एक जना महिलालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका १९ बासुकिनाग मार्ग, मनमैजु बस्ने ४३ वर्षीय पूर्णिमा श्रीष रहेकी छन् ।

उनीले तीन जनालाई फ्रान्समा आकर्षक तलवमा खाना प्याकिङ गर्ने कामका लागि फ्रान्समा पठाइदिने भन्दै तीन जनाबाट ३८ लाख ५० हजार ठगी गरेको उजुरी परेको महाशाखामा परेको महाशाखाले जनाएको छ ।

सोही उजुरीका आधारमा खोजतलासको क्रममा महाशाखाबाट खटिएको टोलीले बुधबार उनीलाई मनमैजुबाट नियन्त्रणमा लिएको जानकारी दिएको हो ।

पक्राउ परेकी श्रीषलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.