काठमाडौँ १६ जेठ / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठगेर खानेहरू प्रवेश गरेकाले ठूला सहकारी संकटग्रस्त बन्न पुगेको बताएका छन्। काठमाडौंको प्रज्ञा भवनमा पार्टीको महिला भेलालाई सम्बोधन गर्दै ठगहरू प्रवेश गरेकाले ठूला सहकारी बदनाम बन्न पुगेको बताए।
सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरूले केही ठूला सहकारी बदनाम र संकटग्रस्त हुन गएको ओलीको तर्क छ । उनले साँच्चैका सहकारी संस्थाहरू संकटग्रस्त नभएको जिकिरसमेत गरे ।
काठमाडौंमा आजदेखि सुरु भएको राष्ट्रिय महिला भेलामा ओलीले सहकारीको माध्यमबाट भए पनि महिलाहरू उद्यमशीलतातर्फ लाग्नुपर्ने बताए ।
ओलीले ‘केही गैरसहकारी, सहकारी होइन बाहिरका गैर सहकारीवालाहरू, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू सहकारीमा प्रवेश गरेको हुनाले केही, ठूला सहकारी बदनाम भएका छन्। ती समस्याग्रस्त भएका छन्, ती संकटग्रस्त भएको बताए ।