मोरङ, पुस १४: ट्र्याक्टरको ठक्करबाट विराटनगरको रंगेली सडक खण्डअन्तरर्गत धनपालथान गाउँपालिका ३ को कर्सिया बजारमा स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको दुहबी नगरपालिका २ का १८ वर्षीय रुपेश चौधरी रहेका छन् ।
आइतबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई पूर्वतर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो । स्कुटरमा सवार त्यही ठाउँका चन्द्रप्रसाद चौधरीको घाइते भएका कारण उपचार भइरहेको छ ।
ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।