सिरहा, चैत ९: लहान नगरपालिका–१५ मोहनपुरस्थित भित्री सडक खण्डमा ट्र्याक्टरको ठक्करबाट आइतबार एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुखिपुर घर भई हाल लहान नगरपालिका–१५ मोहनपुरस्थित मामा घर बस्दै आएका सञ्जयकुमार महतोका सात वर्षीय छोरा स्वागत महत्तो रहेका छन् ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स १ त ५३०० नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते स्वागतलाई उपचारका लागि लहानतर्फ ल्याउँदै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।