ट्रेड युनियन ललितपुरको अध्यक्षमा दुर्गा निर्वाचित

| 2023 May 19 | 02:57 pm 2477

काठमाडौं, जेठ ५ः नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेस ललितपुर जिल्लाको सातौं अधिवेशन सम्पन्न भएको छ ।

सातौं जिल्ला अधिवेशनले दुर्गा भण्डारीको अध्यक्षतामा १३ सदस्य कार्य समितिको गठन गरिएको छ । ट्रेड युनियन ललितपुरको इतिहासमा महिला अध्यक्ष बनेको पहिलो रेकर्ड हो ।

No description available.

सातौं अधिवेशनबाट खुला उपाध्यक्षमा उज्वलकृष्ण प्रधान, महिला उपाध्यक्षमा इश्वरी नेपाली, उपाध्यक्ष (सेवा) ज्ञानेन्द्र चन्द, उपाध्यक्ष (उत्पादन) रामप्रसाद भण्डारी, (औपचारिक तथा स्वरोजगार) कल्पना कुमारी सिंह, सचिव माधव चन्द, कोषाध्यक्ष सन्तोष थापा भुजेल निर्वाचित भएका छन् ।

यसैगरी युनियनको सदस्यमा नेहा सिंह, सुदिप घिमिरे, राजेस खनाल, स्वस्तीका गौतम, चिना बुढाथोकी र उपसना विष्ट निर्वाचित भएका छन् । अधिवेशनले युवा संयोजकमा श्याम लामा बम्जनलाई चयन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.