ट्रिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Apr 12 | 11:16 am 4182

नुवाकोट, चैत्र २९ : ट्रिपर र मोटरसाइकल ठक्कर खाँदा शुक्रबार नुवाकोटमा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । गंगटेबाट आइरहेको ट्रिपर र बट्टारबाट गंगटे तर्फ गइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दिवाकर खनालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी अर्का एकजना गम्भीर घाइते भएका छन् । घटनापछि आक्रोशित स्थानीयले ट्रिपरमा आगजनी गरेका छन् । टिफर चालक फरार रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.