ट्राफिक प्रहरीलाई स्टप बोर्ड हस्तान्तरण

रिपोर्ट नेपाल | 2020 Jan 10 | 09:13 pm 1403

काठमाडौं, पुस २५ः शहरी विकास मन्त्रालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा पैदल यात्रुहरुलाई अनिवार्य रुपमा जेब्राक्रसिङ, आकाशे पुल तथा तोकिएको ठाउँबाट बाटो काट्न सु–सुचित गर्ने प्रयोजनका लागि १ सय २० थान स्टप बोर्ड हस्तान्तरण गरिए छ ।

शहरी विकास मन्त्रालयका राज्यमन्त्री रामवीर मानन्धरले महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई एक समारोहकाबीच हस्तान्तरण गरेका हुन् ।

राज्यमन्त्री रामवीर मानन्धरकाअनुसार कुनै पनि पैदल यात्रुहरुले सवारी दुर्घटनाबाट अनावश्यकमा ज्यान गुमाउन नपरोस तथा सुरक्षित रुपमा तोकिएको स्थानबाट मात्र बाटो काट्न सजिलो होस भनेर यो बोर्ड हस्तान्तरण गरिएको हो ।

महाशाखाका प्रमुख ढकालले उक्त बोर्डहरु काठमाडौं उपत्यकाको सम्पूर्ण जेब्राक्रसिङ,आकाशेपुल तथा पैदल यात्रुहरुले बाटो काट्ने स्थानमा बोर्ड देखाएर बाटो काट्न लगाउने र पैदल यात्रुहरुले पनि यसलाई प्रभावकारी र परिणाममूखी बनाउदै सुरक्षित यात्रामा सहयोग गर्न समेत अनुरोध गरेका थिए ।

उक्त बोर्डहरु सफेर नेपाल ट्राभल्स एण्ड टुर्स प्रा.लीले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै तयार पारेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.