ट्राफिक प्रहरीद्वारा यात्रुबाहक बसमा छड्के जाँच

रिपोर्ट नेपाल | 2019 Mar 30 | 03:47 pm 3100

धादिङ, चैत्र १६ : समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालुपाण्डे मार्गस्थित ससाह चौतारामा हाइस बसमा छड्के निरीक्षण गरी लैङ्गिक हिंसाको अवस्था लगायतका विषय वस्तुमाथि यात्रुसँग समेत छलफल गरिएको छ ।

सार्वजनिक सवारी साधनमा यात्रा गर्ने महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका यात्रुले आरक्षण गरेको सिटको प्रयोग गर्न पाए नपाएको निरीक्षण गरी यात्रा गर्ने ज्येष्ठ नागरिक, विद्यार्थीले पाउनुपर्ने छुट पाए नपाएको र घरपरिवारमा लैङ्गिक हिंसाको अवस्था तथा यात्रुसँगै प्रत्यक्ष संवाद गरिएको थियो ।

उक्त अभियानलाई प्रभावकारी बनाउन कार्यक्रममा व्यानर प्ले कार्डसहित जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार वैदवार, ट्राफिक नायब निरीक्षक महेन्द्रबहादुर चन्दसहितका नेपाल प्रहरीका अधिकृत तथा जिल्ला समन्व्य समितिका उपप्रमुख विन्दा बरामो, नीलकण्ठ नपाका उप प्रमुख मनराज भण्डारी, नीलकण्ठ नपा वडा–८ गुणराज थपलिया तथा सदस्य, गैरसरकारी सङ्घ संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.