ट्राफिक नियम उल्लङघन गर्ने १ सय ८२ जना चालक कारवाहीमा

रिपोर्ट नेपाल | 2022 Sep 13 | 04:46 pm 1489

काठमाडाैं, भदाै २८ः स्कुल, कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत मंगलबार १८ जना बिद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १८ जना विद्यार्थी चालकहरु कारवाहीमा परेका हुन् । त्यस्तै चेकिङको क्रममा ट्राफिक नियम उल्लङघन गर्ने अन्य १ सय ८२ ओटा सवारी साधनका चालक पनि कारवाहीमा परेका छन ।

जसअन्तरगत बिहानै मापसे गरी मोटरसाईकल चलाउने ३ जना पनि कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.