ट्राफिक नियम उल्लंघन गरी फरार भएका ६३ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

रिपोर्ट नेपाल | 2022 Aug 31 | 05:02 pm 1297

काठमाडाैं, भदाै १५ः विभिन्न ट्राफिक नियम उल्लंघन गरी फरार भएका ६३ ओटा दुईपाङ्गे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । सि.सि.टि.भि मा कैद
भएको भिडियोका आधारमा लेन उल्लंघनमा ३१ जना, एकतर्फी सडकमा सो
विपरीत सवारी साधन चलाएका २३ जना र सवारी मोड्न निषेध गरेको स्थानमा
सवारी साधन मोडेका ८ जना चालकलाई कारवाही गरिएको हो ।

यससंगै, यात्रु लिन नमानेको कसुरमा १ जना चालकलाई पनि कारवाही गरिएको छ । भदौ १
गते देखि १४ गते सम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका ४ सय २० जना चालक मध्ये ट्राफिक प्रहरीले खोजि गरी ल्याएका आएका ९७ जना चालक मध्ये ६३ जनालाई कारवाही गरिएको हो ।

अन्य चालकहरु हालसम्म ट्राफिक प्रहरीको सम्पर्कमा नआएकाले खोजि भईरहेको
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक
राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

सवारी नियम उल्लंघन गर्ने चालकलाई ट्राफिक प्रहरीले विगतमा गरिरहेको सि.सि.टि.भि फुटेजको आधारमा खोजि गरि कारवाहीलाई थप तिब्रता दिदै अगाडी बढाईएको प्रवक्ता भट्टले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.