काठमाडौं, साउन २१ः २०७६ भदौ १८ गते ट्राफिक प्रहरी महाशाखा प्रमुखको रुपमा प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल हाजिर भएपछि काठमाडौंको विभिन्न चोक चोकमा राख्नका लागि काठमाडौं महानगरपालिकासँग बिन्ती भाउ चढाई मागी मागी ट्राफिक प्रहरीको पोशाकसहित ५० वटा डमी ट्राफिक प्रहरी महाशाखामा भित्र्याई सहरको विभिन्न ब्यस्त चोक चोकमा उभ्याइएको थियो ।

हुनत ढकालले सम्झिन लायकका यस्ता कार्यहरु अरु पनि नगरेका भने होइनन् । विशेष गरी अति ब्यस्त चोकहरुमा दुरुस्त ट्राफिकको पोशाकमा ट्राफिक प्रहरीको सचेतना नारासहित बोकेर ट्राफिक डमी उभिएको देख्दा जो कोही पनि झुक्किने गर्थे ।
कतिपय सर्वसाधारण त विचरा त्यो ट्राफिकले के गल्ती गरेछ हातमा प्ले कार्ड थमाएर दिनभरी रोडमा उभिनुपर्ने भन्दै रोडमा खटिएका अर्का ट्राफिक प्रहरीसँग जन गुनासा गरेका कुरा ताजै छ ।

कोटेश्वर चोकमा राखिएको डमीलाई एक जना सर्वसाधारण महिलाले बोलाएर चकलेट हातमा थमाउदै बाबु आज मेरो नातिनीको जन्मदिन लाउ चकलेट खाउ भनेर पटक पटक आग्रह गर्दा पनि त्यो डमीले चकलेट नसमाएका कारणले दुःख मान्दै नजिकै उभिएकी महिला ट्राफिक प्रहरीलाई नानी नतिनीको जन्मदिन त्यो भाईलाई चकलेट दिएको समाउनै मानेनन् तिमिले दियो भने खान्छकी लाउ तिमिलाई एउटा त्यो भाईलाई एउटा भनेर दुई वटा चकलेट त्यो महिला ट्राफिक प्रहरीलाई दिएपछि महिला ट्राफिक प्रहरी मुर्छित हुँदै आमा त्यो त डमी मात्र हो त्यसले चकलेट खान सक्दैन यो दुई वटै चकलेट मै खाइदिन्छु हुन्छ आमा भने प्रश्न गरेपछि ति सर्वसाधारण महिला लाजले भुतुक्क हुँदै दौडेको दृष्य ताजै छ ।

तर, मिति २०७७ मंसिर यता उक्त डमीहरु विस्तारै विस्तारै विस्थापित हुँदै गएको देखिन्छ । हाल त्यस्ता स्थानहरुको डमी कहाँ सरुवा गरियो, कता दौडियो कसैलाई पत्तो छैन ।
दशकौ वर्ष ट्राफिक प्रहरीमा रही काम गरेका र हाल सिभिल प्रहरीमा कार्यरत एक जना सिनियर प्रहरी अधिकृतले त्रिभुवन विमानस्थलका स्वर्ण गेट अगाडि ट्राफिक प्रहरीको पोशाकमा सन्देश मुलक प्ले कार्ड बोकेर उभिएकी एक महिला ट्राफिक डमीलाई देखेपछि मोटरसाइकलमा सवार ति सिनियर अधिकृत स्वयम्ले त्यस एरियाको कार्यालय प्रमुखसँग होइन हो बहिनी त्यो भीम ढकालले के सजाय दियो तिमिलाई भनेर सोधपुछ गरेको कुरा पनि नकार्न सकिन्न ।
हुन त नेपालमा पहिलो पटक राखिएको ट्राफिक डमीका बारेमा यस्ता घटनाहरु धेरै छन् जुन कुरा लेखेरै साध्य छैन ।
एउटाले गरेको काम अर्काले चित्त नबुझाउनु प्रहरी संगठनमा मात्र होइन अन्य जुनसुकै क्षेत्रमा पनि यस्तो प्रकृया धेरै नै मोलाएको छ भन्दा फरक नपर्ला । तर, नेपाल प्रहरीमा भने यस्ता घटना धेरै नै देखिन्छ । अघिल्लो कार्यालय प्रमुख सरुवा भएर जँदा नयाँ कार्यालय प्रमुखलाई त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी नै नगराई जाने प्रवृत्ती सानो दर्जादेखि ठूलो दर्जासम्म देखिन्छ ।

ट्राफिक प्रहरीमा भने हालसम्म जुन जोगी आएपनि कानै चिरिएको उखान भने झैं ट्राफिक प्रहरी पोष्ट सुकेधारा, स्वयम्भु, ट्राफिक प्रहरी प्रभाग एयरपोर्ट, जनसेवा जस्ता ट्राफिक प्रहरी कार्यालयहरुको नाजुक स्थितिलाई नियालेर हेर्ने हो भने छर्लंग देखिन्छ ।
उता काठमाडौं महानगरपालिकाले जानकारी दिए अनुसार बीसौं लाख भन्दा बढी आर्थिक सहयोगमा ट्राफिक प्रहरीको पोशाक सहितको डमी उपलब्ध गराएकोमा हाल केही महिना नबित्दै चोक चोकबाट विस्थापित हुन थालेकोले उक्त स्थानहरुका डमी नदेख्दा त्यो सबै खर्च बेरुजु आउने ठूलै सम्भावना रहेको कुरा काठमाडौं महानगरपालिका सुत्र बताउँछ ।

चोक चोकमा ट्राफिक प्रहरीको पोशाकमा सजिएर बसेको डमी हुँदा सवारी चलाएर आउने सवारी प्रयोग कर्ताहरु आफै सजग हुने गरेका थिए र उनीहरुले चलाएका सवारी साधन ट्राफिक प्रहरीकै पोशाकमा ट्राफिक प्रहरी जस्तै देखिने डमीका डरले सवारी साधनको स्पीड दुरी कम हुँदा रातिमा हुने सवारी दुर्घटनामा कमी आएको कुरा ड्युटीमा खटिएका ट्राफिक प्रहरी स्वयम् स्वीकार्छन् । त्यसैले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर अरुले गरेका कामलाई पनि निरन्तरता दिने होकी ?