ट्रयाक्टर दुर्घटनामा तीन विद्यार्थीको मृत्यु, चार घाइते

रिपोर्ट नेपाल | 2019 Jun 26 | 09:10 am 2700

अछाम,  असार ११: जिल्लाकाे चौरपाटी गाउँपालिका २ मूलीगाउँमा बुधबार ट्रयाक्टर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।  से १ त ७८३८ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा १६ वर्षीय रमेश साउद, १५ वर्षीया काली साउद र १५ वर्षीया लक्ष्मी साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी उपरीक्षक जनक शाहीले जानकारी दिए।

उनीहरु सबै विद्यार्थी रहेको शाहीले बताए। ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन्। जिल्ला प्रहरी कार्यालयबाट दुर्घटनास्थल पुग्न तीन घण्टा लाग्ने भएकोले विस्तृत विवरण बाँकी रहेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.