ट्रयाक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी एक बालिकाको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2019 Dec 19 | 01:37 pm 1518

दाङ, पुस ३: तुलसीपुरमा ट्रयाक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थनीय तुलसी बोर्डिङ स्कुलमा अध्ययनरत तुलसीपुर ७ शिवनगरकी १३ वर्षीया बालिका विजिता केसी रहेकी छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरको अनुसार बिहीबार बिहान साढे ९ बजे स्कुल जाँदै गर्दा बालिका गम्भीर घाइते भएकी थिइन । उपचारको लागि उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । उपचारकै क्रममा बालिकाको मृत्यु भएको जानकारी दिए ।

घाइते भएकी १४ वर्षीया मनिषा ओलीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाए ।

रा १ त १४३५ नम्बरको ट्रयाक्टरले स्कुल गइरहेका छात्राहरूलाई तुलसीपुर ५ गोदामघरनजिकै ठक्कर दिएको थियो।

ठक्कर दिने ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.