ट्रक र कार एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु

| 2019 Sep 24 | 07:27 am 2484

नवलपरासी, असाेज ७: ट्रक र कार एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा पूर्वी नवलपरासीमा ५ जनाको मृत्यु भएको छ ।

महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीकाे कावासोती–८ स्थित खरकट्टा जंगलमा लु १ ख ८५३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार ठोक्किँदा कारमा सवार सबैको मृत्यु भएको प्रहरीले जानकारी दिए ।

गए राति करिब १० बजे तिर भएको उक्त दुर्घटनामा मृत्यु हुने पाँचै जना पुरुष रहेका छन् । यद्यपि उनिहरुको नाम र ठेगाना खुल्न बाँकी रहेकाे प्रहरीले बताए ।

दुर्घटना लगत्तै उनिहरुलाई उद्धार गरेर उपचारका लागि चितवन लगिए पनि उनीहरुको उपचार सम्भव भएको थिएन । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.